पाकिस्तानका विदेश मन्त्री कोरोना संक्रमित
काठमाडौँ । दक्षिण एशियाली देश पाकिस्तानका विदेशमन्त्री कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन् ।
पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरु ले जनाएका छन् ।
मन्त्री कुरैशीलले आफ्नो सामाजिक सञ्जालमा ट्वीट गरेर आफूमा कोरोना संक्रमण देखिएको जानकारी दिएका थिए । उनले कोरोना पोजेटिभ देखिएसँगै आफुँ घरमै क्वारेन्टिनमा बसेको पनि बताएका छन् ।
पाकिस्तानमा हालसम्म २ लाख २३ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ४ हजार ५५१ जनाको ज्यान गएको छ ।
This afternoon I felt a slight fever and immediately quarantined myself at home. I have now tested positive for Covid 19. By the grace of Allah, I feel strong and energetic. I will continue to carry on my duties from home. Please keep me in your prayers.
— Shah Mahmood Qureshi (@SMQureshiPTI) July 3, 2020
Facebook Comment