बक्सिङ सङ्घले पायो नयाँ नेतृत्व

पोखरा । कास्की जिल्ला बक्सिङ सङ्घको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सङ्घको शुक्रबार पोखरामा सम्पन्न चौंथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो।
सङ्घको वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा राजबहादुर कोइराला, सचिव सञ्जिव श्रेष्ठ र कोषाध्यक्षमा सुनिल बिसी निर्वाचित भए ।
सदस्यमा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानी, सन्तोष कार्की, आइतसिंह गुरुङ, छविलाल कुँवर, ऋषिसरा थापा, देवेन्द्र केसी र जीतबहादुर पुन रहेको निर्वाचन समितिका संयोजक एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए ।
अधिवेशनका अवसरमा वरिष्ठ बक्सिङ प्रशिक्षक मर्सानीलाई राष्ट्रिय खेलकूद परिषद्मा रहेर लामो समय खेल क्षेत्रमा योगदान दिएर हालै मात्र सेवा निवृत्त हुनुभएकामा दोसल्लाले सम्मान गरिको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले व्यक्तिगत फाइदाका लागिभन्दा पनि खेल क्षेत्रको विकासमा तल्लीन नेतृत्व खेल क्षेत्रमा आवश्यक हुने बताए ।
कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीमा पहिलोपटक खेल सङ्घको अधिवेशन सम्पन्न गरिएको हो। रासस
Facebook Comment