नेकपा स्थायी कमिटी बैठक बस्दै, ओली–दाहालबीच छलफल हुँदै

डिसी नेपाल
२४ असार २०७७ ८:११

काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विहान ११ बजे बस्ने बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुने बताइएको छ। स्थायी कमिटी बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने बताइएको छ।

केही समय अगाडि प्रधानमन्त्री ओलीले भारतले आफूलाई पदबाट हटाउन खोजको भन्ने अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। जारी स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा भागेपछि विवाद उत्कर्षमा पुगेको हो।

बहुमत स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको राजीनामा भागेपछि प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेका थिए। त्यसपछि नेकपा विभाजनको संघारमा पुगेको नेताहरुले नै बताएका थिए।

त्यसपछि दोस्रो तहका नेताहरुले पार्टी विभाजन हुन नदिन भन्दै मध्यमार्गी भूमिका निर्वाह गरेका छन्। पछिल्ला दिनमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पनि दैनिक भेटवार्ता भइरहेका छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आज पनि छलफल हुने दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *