नेपालको राजनीति भारतको पक्षमा पार्न भारतीय गुप्तचर प्रमुखहरु काठमाडौंमा सक्रिय !

डिसी नेपाल
२४ असार २०७७ ११:२२

काठमाडौं। नेपालमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद चलिरहेका बेला नेपालका राजनैतिक घटनाक्रमको नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यहित भारतीय गुप्तचर निकायका प्रमुखहरु काठमाडौंमा जम्मा भएका छन् । आज बुधबार बस्ने भनिएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओलीको भविष्य निर्धारण हुने मानेर उनीहरु आजको बैठकको निष्कर्ष भारतको पक्षमा पार्नको लागि काठमाडौंमा जम्मा भएका हुन् ।

यद्यपि आज बस्ने भनिएको स्थायी कमिटीको बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । भारतको रिसर्च एण्ड एनालिसिस विंग (रअ)का प्रमुख समंत कुमार गोयल र इन्टेलिजेन्स ब्यूरो प्रमुख अरविन्द कुमार अहिले नेपालाम जारी राजनैतिक उतारचढावका बीच छलफलमा व्यस्त रहेको डेली पायोनियरले लेखेको छ । यी दुई गुप्तचर निकाय प्रमुखहरु नेपालको घटनाक्रम भारतको पक्षमा पल्टाउन नेकपाका शीर्ष नेताहरुसँग छलफलमा जुटेको बताइएको छ । पछिल्लो समय चिनियाँ राजदूतको सक्रियता बढेपछि भारतले पनि यहाँ सक्रियता बढाएको बताइएको छ ।

गोयल र कुमारले नेपाली राजनीतिज्ञहरुसँग गरिरहेको यो छलफल नेपालमा पछिल्लो समय विकसित घटनाक्रम र लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा समावेश गर्ने कदमबाट नेपाललाई पछि हटाउने उद्देश्यसहित भइरहेको बताइएको छ । नेकपाका नेताहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, केशवप्रसाद बडाल लगायतसँग छलफल भएको बताइएको छ । भारतीय गुप्तचर वर्षमान पुन, शंकर पोखरेल र प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसँग पनि छलफल गरेको बताइएको छ ।

स्रोतका अनुसार भारतीय टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित डा. मिनेन्द्र रिजाल, बिमलेन्द्र निधी र कृष्ण सिटौलासँग पनि सम्पर्क गरेको बताइएको छ । छलफलमा जसपामा महन्थ ठाकुर, उपेन्द यादव र बाबुराम भट्टराई पनि सहभागी भएको समाचारमा उल्लेख छ । यस बीचमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँग चिनियाँ राजदूत हाउ यान्छीले पनि छलफल गरेकी थिइन् । यान्छी यसअघि चीनको गुप्तचर एजेन्सीमै थिइन् । उनी यसअघि चीनको गुप्तचर एजेन्सीमा युरोप क्षेत्रकी प्रमुख थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *