ईङल्यान्ड वेस्टईन्डिज टेस्ट : खराब मौसमको कारण टसमा ढिलाइ

काठमाडौं । खराब मौसमका कारण ईङल्यान्ड र वेस्टईन्डिज बिच आजबाट सुरुहुने टेस्ट श्रंखला अनतर्गतको पहिलो खेलको टसमा ढिलाई हुने भएको छ । करिब ११६ दिनको लामो प्रतिक्षा पछि अन्तर्राष्ट्रिय क्रिकेट इङल्यान्ड र वेस्टइन्डिजको बीचको पहिलो टेस्ट म्याचबाट फर्केको छ । कोरोनाभाइरसको विनाशका कारण मार्च देखि अन्तर्राष्ट्रिय क्रिकेट ठप्प थियो। कोरोना महामारीको बीचमा क्रिकेट पुनर्स्थापित हुदा, खेलाडीहरूले नयाँ आईसीसीका दिशानिर्देशहरूलाई कडाईका साथ पालन गर्नुपर्नेछ।आईसीसीले जारी गरेका यी दिशानिर्देशहरुमा बलमा लार लगाउनु प्रतिबन्ध र दर्शकहरु को उपस्थिति बिना खेलको आयोजना गर्नु जस्ता धेरै नियमहरु छन्। यस कारणले यसलाई क्रिकेटको नयाँ युग पनि भनिन्छ।
दुबै टोलीको नामाबली यसप्रकार छ :
वेस्टईन्डिज : जेसन होल्डर, जर्मेन ब्याकउड, क्रैग ब्रेथवेट, नक्रमा बोनर, शमर ब्रुक्स, जोन क्याम्पबेल, रखीम कार्नवाल, शैनन गेब्रियल, शेन डाउरिच, रोस्टन चेज, केमर होल्डर, शाई होप, रेमोन रिफर, अल्जाररी जोसेफ र केमार रोच।
ईङल्यान्ड : बेन स्टोक्स, जेम्स एन्डरसन, जोफ्रा आर्चर, डाम बेस, रोरी बर्न्स, स्टुअर्ट ब्राड, जोस बटलर, जक क्राली, ओली पोप, क्रिस वोक्स, डोम सिबली र मार्क वुड।
Facebook Comment