बाह्रबीसेका २ गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबीसे बाढी-पहिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।
बाह्रबीसे नगरपालिका –५ मा गएराति आएको पहिरोमा परी गम्भीर घाइते भएकी सविना बस्नेत र अर्की नाम नखुलेकी महिलाको कैलाश एयरको हेलिकप्टरबाट काठाडौँको ह्याम्स अस्पताल ल्याइएको घटनास्थलमै रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटाले डिसी नेपाललाई बताए ।
सापकोटाले भने, “यहाँ २५–३० वटा घरहरु रहेको जम्बु बजार थियो । जुन बजार जुरे पहिरो आएजस्तै गरी पुरिएको छ । यहाँ २ जना बाबु र छोरीको शव फेला परेको छ । १९ जना हराईरहेका छन् । दुई जना सिकिस्त बिरामीहरुलाई हामी आएको हेलिकोप्टरबाट उ्द्धार गरेर काठमाडौँ पठाएका छौँ । अर्का एक जना बेपत्ता नागरिक गम्भीर अवस्थामा फेला पर्नुभएको छ । उहाँलाई पनि काठमाडौँ पठाउने तयारी हुँदै छ । ”
नेता सापकोटासहितको टोली बिहीबार बिहान बाढी पहिरो क्षेत्रमा उद्धारका लागि हेलिकप्टर लिएर सिन्धुपाल्चोक पुगेको थियो ।
Facebook Comment