शीर्ष नेताहरु भारतीय मिडियाप्रति आक्रामक

डिसी नेपाल
२५ असार २०७७ १३:३६

काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहिसकेका शीर्ष नेताहरु भारतीय मिडियाप्रति आक्रामक देखिएका छन् । नेकपाका प्रवक्ता, पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रपन्त्री नारायणकाजी श्रेष्ठ र राप्रपा अध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रपन्त्री रहिसकेका कमल थापाले ट्वीटरमार्फत भारतीय मिडियाको निर्लज्जताको आक्रामक रुपमा विरोध गरेका छन् ।

नारायणकाजी श्रेष्ठले ट्वीटरमा लेखेका छन् ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्को छौं । विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

यस्तै आजै कमल थापाले पनि ट्वीट गर्दै भारतीय मिडियाको अनर्गल प्रचारबाजीको विरोध गरेका छन् । थापाले लेखेका छन् ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँका व्यवहारसहित केही विषयमा हाम्रा गम्भीर मतभिन्नताहरु छन् । तर, केही भारतीय मिडियाबाट भइरहेको प्रधानमन्त्री ओलीमाथि नियोजित रुपमा हिलो छ्याप्ने काम स्वीकार्य हुन सक्दैन । त्यसले नेपाल भारत सम्बन्धलाई राम्रो गर्दैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *