‘भारुण्ड’ बन्ने खतरामा नेकपा
‘भारुण्ड’ दुईवटा टाउको तर एउटा पेट भएको मिथिकल चरा हो। यो चराले एउटा पेट तर फरक टाउको एवं सोच कारण मृत्युवरण गर्छ। अहिले नेकपाभित्रको विवाद ‘भारुण्ड’ चरा सम्झाउने खालको छ।
मुलुक कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला त्यसबाट कसरी मुक्ति पाउने भन्ने विषय नेकपाको स्थायी कमिटीमा गौण बनेको छ। सलहले मुलुकभर आतंक मच्चाइरहेका बेला त्यस विषयमा पनि स्थायी कमिटीमा छलफल भएको छैन, त्यहाँ प्रधानमन्त्रीलाई कसरी पदबाट हटाउन सकिन्छ भन्ने विषयमा रस्साकस्सी भएको छ।
अहिले नेकपाभित्र आफूले सत्ता र शक्तिको बागडोर कसरी हत्याउने भन्ने दाउपेचको राजनीतिक उत्कर्षमा पुगेका बेला नेकपाका शीर्ष भनिने नेताहरुका लागि यो चराको कथाको सान्दर्भिकता मिल्दोजुल्दो देखिन्छ। तत्कालीन एमाले र माओबादी केन्द्र मिलेर गठन भएको ‘नेकपा’ गठन हुँदा नै यो चराको प्रसंग आउने गरेको थियो।
के हो ‘भारुण्ड’ को कथा ?
‘भारुण्ड’ दुई टाउका तर एउटा पेट भएको मिथिकल चरो हो। महाभारतको भिष्म पर्व अध्याय ७ मा पनि यस चराको बारेमा उल्लेख गरिएको छ। कथा अनुसार एक दिन भारुण्ड चरो तलाउको किनारमा विचरण गरिरहेको थियो। पहिलो टाउकोले तलाउको किनारमा एउटा अमृततुल्य फल भेट्टायो र उक्त फल चाख्यो पनि। फल स्वादिस्ट थियो।
उक्त फल उसका लागि देवलोकबाटै पठाइको सम्म पनि दोस्रो टाउकोलाई भन्न भ्यायो। पहिलो टाउकोले फलको साह्रै प्रसंसा गरेपछि दोस्रो टाउकोलाई पनि फल चाख्ने इच्छा जाग्यो र फल आफूलाई पनि बाँडेर खान भन्यो। तर पहिलो टाउकोले दुवैको पेट एउटै भएकोले दोस्रो टाउकोले फल चाखिरहन नपर्ने र उसले खाएको फल नै दोस्रोले खाए सरह हुने पहिलो टाउकोको जिकिर थियो।
नयाँ नक्सा जारी र नागरिकता बिधेयकबाट क्रुद्ध भारत जतिसक्दो चाँडो प्रधानमन्त्री ओलीको सत्ताबाट बहिर्गमन भएको देख्न चाहन्छ। अर्कोतिर नेकपा भित्रको अहिलेको द्वन्द्व बिधि र पद्धति अनि गतिशिलताका लागि नभएर फगत कुर्सीका लागि मात्र भएको हो भन्ने मत बलियो बनिरहेको छ।
पहिलो टाउको चतुर व्यवहारले दोस्रो टाउकोले साह्रै चित्त दुखायो र पहिलो टाउकोप्रति घृणा एवं द्वेष भावना राखेर बदला लिने मौका कुरेर बस्न थाल्यो। अर्को दिन सोही तलाउको किनारमा डुल्दाडुल्दै दोस्रो टाउकोले अर्को फल भेट्टायो। उक्त फल पहिलो जस्तो थिएन। साह्रै बिषालु थियो। दोस्रो टाउकोले पहिलोसँग क्रुद्ध हुँदै भन्यो, ‘हेर, म अब यो फल खान्छु। यो मैले भेट्टाएको फल हो।’
दोस्रोको कुरा सुनेर पहिलो टाउको झस्कियो अनि दोस्रो टाउकोलाई उक्त फल खाँदा पेट एउटै भएकोले दुवै मर्ने खतरा पनि सम्झायो। तर दोस्रोले पहिलोको कुरा सुन्दै सुनेन र आफ्नो निर्णयमा टसमस भएन। दोस्रोले अन्त्यमा उक्त विशालु फल खाएरै छोड्यो र दुवैको लागि दुर्दशा निम्त्यायो।
गत निर्वाचनमा झन्डै २ तिहाइको नजिक जनमत प्राप्त गरेको नेकपा अहिले आफ्नै दुई अध्यक्षको द्वन्द्वका कारण भारुण्डको नियतितर्फ त अघि बढिरहेको छैन? भन्ने त्रासले धेरै नेता एवं कार्यकर्तालाई लखेटिरहेको छ।
दोस्रो पुस्ताका नेताहरुको पछिल्लो दौडधुप तथा नेता, कार्यकर्ताको खवरदारीले पनि अध्यक्षद्वय केपी ओली र प्रचण्डमाथि भारुण्ड बनेर पार्टी ध्वस्त नगर्न चर्को दवाब परिरहेको छ। भारुण्ड बन्ने सक्ने खतराको तरबार त्यान्द्रोको सहारामा नेकपाको टाउकोमाथि अहिले पनि झुण्डिइ रहेको छ।
नघुमाइकन भन्दा नेकपाको निर्माण अस्तित्वमा रहेका दुई ठूला कम्युनिष्ट पार्टीहरु एक्लै आफूले चुनावमा सफलता हात पार्न नसक्ने परिस्थितिको आँकलन गरेर एकीकरण भएको थियो। तात्कालीन एमालेलाई एकीकृत माओवादी संसदीय निर्वाचनमा स्थानीय निर्वाचनमा झैं कांग्रेससँग मिलेर आफूलाई पछार्ला भन्ने डर थियो भने माओवादीलाई कांग्रेससँग मिल्दा पनि चुनावमा कतै पत्ता साफ नै हुने पो होकि भन्ने चिन्ता थियो।
यी त्रासका कारण दुइ ठूला कम्युनिष्ट पार्टीहरु आपसमा मिल्न पुगे र उक्त एकतालाई आम नागरिकहरुले स्वीकार पनि गरे। तर एकता गर्दा बिचार, सिद्धान्त, नीति, दृष्टिकोण, कार्यक्रम, संगठन इत्यादी कुरालाई कम प्राथमिकता दिएका कारण पार्टी अहिले यो भद्रगोलको अवस्थामा आइपुगेको हो।
हालका गुटगत किचलोलाई हेर्दा भविष्यमा पनि यी विषय प्राथमिकतामा नपर्ने त होइन भन्ने आशंका उब्जिन थालेका छन्।
गुटहरुका स्वार्थ मिल्दा एकता दरिलो भएको ठान्ने र नमिल्दा विधि र पद्धतिका अमुर्त कुराहरु गरेर आफ्नै पार्टीको सरकार ढाल्नेसम्मको हदमा जान खोज्नुले एकताको जग नै कमजोर रहेको देखाउँछ।
सरकार संचालन एवं पार्टी संचालनमा केही गम्भिर त्रुटि भएको साँचो हो। तर यीनको निदान प्रधानमन्त्रीलाई अहिले पदबाट हटाएर भन्दा पनि सबैको सामुहिक सहयोगमार्फत बलियो बनाएर मात्र गर्न सकिन्छ भन्ने नेकपाका धेरै नेता तथा कार्यकर्ताहरुको बुझाइ छ। एकातिर सिंगोे भारतीय मिडिया अहिले नियोजित रुपमा प्रधानमन्त्री ओलीको खिलापमा छ।
नयाँ नक्सा जारी र नागरिकता बिधेयकबाट क्रुद्ध भारत जतिसक्दो चाँडो प्रधानमन्त्री ओलीको सत्ताबाट बहिर्गमन भएको देख्न चाहन्छ। अर्कोतिर नेकपा भित्रको अहिलेको द्वन्द्व बिधि र पद्धति अनि गतिशिलताका लागि नभएर फगत कुर्सीका लागि मात्र भएको हो भन्ने मत बलियो बनिरहेको छ।
यो समयमा यदि सहमतिको मार्ग छाडेर मत विभाजनको मार्गतर्फ नेकपा सचिवालय र स्थायी कमिटी अघि बढ्यो भने त्यसले नेकपालाई विनासकोे भड्खालोमा हाल्ने छ भन्ने धेरैको बुझाइ छ। तसर्थ अहिले पार्टीलाई सम्भावित दुर्घटनाको जोखिमबाट बचाउन एउटा डुंगामा सवार दुई अध्यक्षले परिस्थिति आफ्नो कावु भित्र हुँदा नै आपसी समझदारी गरेर अघि बढ्नु बुद्धिमता देखिन्छ।
अन्त्यमा, हामीकँहा बाचुन्जेल राजनीति गरेर शक्ति एवं सत्ताको दोहन गरिरहनु पर्छ भन्ने ठूलो जमात छ। मुलुकको भूराजनीतिक संवेदनशीलता अन्य दलमा भन्दा अझ ठूलो त्यस्तो जमात अहिले नेकपामा छ। त्यो जमात अहिले नेकपामा निर्णायक भूमिका खेल्न सक्ने हैसियतमा पनि छ।
कथनीमा उक्त जमात विधि, विधान र पद्धतिको ठूलो आवाजमा कुरा गर्छ तर करनीमा एउटा साँघुरो सिण्डिकेट खडा गरेर पार्टी तथा सरकारलाई आफ्नो मुठ्ठी भित्र राख्न चाहन्छ। यस्तो पवृत्ति बोकेको उक्त जमातलाई आगामी अधिवेसनमा यदि नेकपाका नेता एवं कार्यकर्ताले बिदाइ नगरी पार्टीभित्र जोगाइ मात्र राखिरहने हो भने नेकपा त्यो जमातको भकुन्डो मात्र बनिरहने छ।
दोस्रो पुस्ताका भनिएका नेताहरुले अब त्यो जमात माथि निर्णायक हस्तक्षेप गरेर कि पार्टीबाट बिश्राम लिन बाध्य पार्नु पर्छ कि नेकपालाई ‘भारुण्ड’ को नियति भोगाउन तयार हुनपर्छ।
Facebook Comment