आँसु रोकिएनन् (कथा)

डिसी नेपाल
२७ असार २०७७ १०:०४

‘परदेशी सर, हिजोको समय रहेन। गाउँमा अब तन्नेहरीहरु छैन। कोही ब्रिटिश आर्मीमा गयो, कोही इंडियन सेनामा गयो। आफ्नो देशको सेनामा पस्न सकिएन भन्छ, त्यस्तोहरु अरबतिर लाग्यो। सँधै–सँधै बाकसमा भरिएर आउछ भन्छ। त्यसले पनि मनमा औडाहा पसिबस्छ।

हाम्रो गाउँमा मात्र होइन, वरपर, वारिपारि हेर्यो खेतबारी बाँझै पल्टिएको छ। गाउँघरमा तन्नेरीहरुको भाउ धेरै बढेको छ। हुक्र्यो कि गाउँ छोडिहाल्छ। नयाँ युग ल्यायो भन्छ सर, खै भोक भोकै मरिने पो हो कि भन्ने डर पनि लाग्छ। अब त हाम्रै कुरा सुनिदिने पनि कोही छैन । सरहरु जस्तो पाहुना कहिले काहीँ आइपुग्छ, त्यो पनि झुक्किएरै होला कि भन्छु । एस्तो रित्तो गाउँमा कोहरु आउला र फेरि फेरि?’

बजुका कुरा सुनेपछि निन्द्रा परेन, मुस्किलले दुई तीन घण्टा ऊ निदायो। आजमात्रै पनि कतिपटक बिहानको चिया दोहोर्याइसक्यो। ऊ आफ्नो भारी हेर्छ, हिजोका सुविधा सम्झन्छ। रमाइलो दृश्य आँखामा नाच्छ। रसिलो जीवनशैलीको अनुपम अनुभव गुन्छ। तर अहिले ऊ दुविधामा पर्छ । यात्रा रोकेर फर्किने? या एक्लै–एक्लै घस्रिने?

यसपटक चिया ल्याउँदा बजुले भनिन्, ‘सर, यत्रोबेर भइसक्यो, घाम चढिसक्यो हिँड्ने सुरसार देख्तिन, कि सञ्चो भएन कि सरलाई?’ ‘सञ्चै छ। मनमा थोरै बिसन्चो बढ्यो। कोही साथी मिलिहाल्छ कि भनेर पर्खेको पनि हो। मेरो झोला पनि अलिक भारी छ। के गर्ने, कसरी जाने भनेर सोचमा परेका छ। निर्णय गर्न सकिरहेको छैन।’
‘ए, सरलाई त अप्ठेरो पो परेछ।’ अनि एछिन सोचेर भनिन्, ‘म सोधिहेरौँ है, कुनै उपाय निस्किन्छ कि?’ बजुले आशा देखाउने वाक्य भनेर आँगनको डिलबाट उच्च स्वरले बोलाइन्, ‘देउसरा, ए देउसरा …. ?

फेरि टेलिसंवाद चल्यो। बजु, सेरा र पोखरा आउने भयो। म तल्तिरै खाना तयार पार्छु। सरलाई पनि उतै बनाउँछु है?  आजको दिन खेर गयो भनौँ कि पाखाईमा? जसरी हेरेपनि भयो। सेरा र पोखरा अलि बियाँलो गरेर आए-सौदा गर्दा समय लागेछ । त्यसैले थाकेर, भोकाएर आएँ। आज आफूले चाहेजस्तै गरी खानु थियो उनीहरुले। त्यसैका लागि गरिएको सौदा थियो। अनि बेर भयो।

‘फुपु, माथि बजु बोलाउँदै हुनुहुन्छ ?’ भन्दै एउटा डिल उक्लेर देउसरा बजुको आगनमा पुगी र पाहुनालाई नमन गरेर बजुकै छेउमा हाजिर भई। ‘देवु, सरलाई एउटा साथी चाहिएजस्तो छ। भारी पनि छ क्यार। उहाँलाई सहयोग गर्ने कोही छैन तिम्रो नजरमा?’

‘एकैछिन है म सोधिहेर्छु।’ ऊ टेलीफोनसँग अलमलिएर अलिक पर गई । फेरि फर्केर आई र सोधी, ‘सरलाई कस्तो साथी चाहिएको? ब्याग मात्र बोक्ने, गाइड गर्ने, लन्च र डिनरको पनि व्यवस्था गर्ने अथवा?’

उसले भन्यो, ‘मसँगै गएर सँगै फर्के पनि हुन्छ। हतार भए मलाई पुर्याएर फर्किए पनि हुन्छ। अथवा फेरि मलाई लिन गए पनि हुन्छ।’ बजुले फेरि चिया सोधिन् उसलाई। ऊ देवसराको सन्देश पर्खंदै थियो। साथी मिल्यो भने उसलाई समेत चमेना गराएर हिँड्ने बिचारमा थियो।

‘सर, दुईजना केटीहरु छ साथी साथी। उनीहरु दुवैजना सँगै जाने भन्छ । छुट्टिन मान्दैन। सर के भन्नुहुन्छ? उनीहरु स्कुल छोडेर बसेको छ । अहिले मामाको घरमा आएको छ। बर्खी सकियो फर्कनै लागेको छ । बोलाऊँ कि भै गो पर्दैन रे भनौँ? उनारु पर्खिबसेको छ।’ देवसराले कुरा खुलस्त गरी।

फेरि टेलिसंवाद चल्यो। बजु, सेरा र पोखरा आउने भयो। म तल्तिरै खाना तयार पार्छु। सरलाई पनि उतै बनाउँछु है?  आजको दिन खेर गयो भनौँ कि पाखाईमा? जसरी हेरेपनि भयो। सेरा र पोखरा अलि बियाँलो गरेर आए-सौदा गर्दा समय लागेछ । त्यसैले थाकेर, भोकाएर आएँ। आज आफूले चाहेजस्तै गरी खानु थियो उनीहरुले। त्यसैका लागि गरिएको सौदा थियो। अनि बेर भयो।

दिन ढल्क्यो। बल्ल खाना तयार भो। खाएपछि आलस्य बढ्यो। आज यात्रा नगर्ने सल्लाह भयो। साँझको खाना झन् रमाइलो वातावरणमा सम्पन्न भयो। परदेशीले पनि आजको दिनलाई सफल ठान्यो।

एउटा ब्यागको भारी तीन जनाले बांडेर बोके । यात्रा सरल भयो। यद्यपि सेरा र पोखरा अर्काको भारी बोकेर खाने चेलीहरु थिएनन्। मुलुकको परिस्थितिले बेला बेलामा यसरी नै भरिया हुन बाध्य गरेको थियो। आततायी युद्धले ध्वंस पारेको थियो उनीहरुको आश्रय र धुरीहरु।

यिनको ग्रहदशा बिग्रेर हो कि, मुलुकको अवस्था, भन्न सकिएको छैन । नमिठो सत्य यति मात्र हो— माओवादीले सेरालाई टुहुरी बनायो, उसकी आमा बेपत्ता भई। पोखरा बाबु मारिएपछि जन्मी। धुरी र आश्रय नभएका वर्गमा दरिए बिचरीहरु। त्यसैले मनले मागेको खाना पेटभर खाएर आनन्द मान्ने रहर जाग्थ्यो बेला बेला। आज यसै रहरले अर्काको भारी बोकाएको थियो यी स्कुले छात्राहरुलाई।

भय र लज्जा छोडेपछि मानव सुखी हुन्छ क्यार। ओरालो ओर्लिसकेपछि बाटो तेर्सियो। टन्टलापुर घाम, मध्यान्ह । नदीको किनार। निर्जन क्षेत्र । बाटोमाथि ढुँगेधारा। भारी बिसाउँदै सेराले भनी, ‘परदेशी सर, हामी एकछिन धारो पानीमा अल्मलिएर आउँछौँ है पर्तिर पर्खिनुहोला है।’

उनीहरु मस्त नुहाएर आए। कुनै लुगा चिसो थिएन । अलि पर चौतारीमा भीड थियो। परदेशी पनि त्यहीँ पर्खदै थियो उनीहरुलाई। चौतारीको भीड ‘शोक दिवस, स्मृति दिवस’ मनाउँदै थियो। माओवादीहरुले बाटोमा धराप धापेर १२ जनालाई एकै चिहान बनाएका थिए आजकै दिन यसै ठाउँमा।

सेरा र पोखराले त्याहाँ पुगेर आँखाभरि हेरे— चौतारीमा वरदेखि परसम्म मृतकका फोटा, नाम, समय र मृत्यु भएको कारण अंकित गरिएको थियो। सोधे बुझे अनि आफ्नो अवस्था गुने र त्यसमा जोडिए।

यो परिवेशले उनीहरुललाई अंगालो हालेर रुन बाध्य गरायो। असाध्य रोए। आमा र बाबु हराएको दिन उनीहरुले यकीन गर्न अझै सकेका थिएनन्। त्यसैले आँसु रोकिएनन्।  परदेशीले गुन्यो– ‘मान्छे मारेर सत्तामा पुग्ने चलन अझै कायम छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *