नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ।
काठमाडौँको केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना पुरुषमा कोरोना संक्रममण देखिएको अस्पताल स्रोतले जनाएको छ।
केएमसीमा उपचाररत काठमाडौँ गोकर्णका ५४ वर्षीय ती पुरुषको असार २५ गते मृत्यु भएको थियो।
यो सँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ३६ पुगेको छ । शनिबार उनको शव नेपाली सेनाको एक टोलीले व्यवस्थापन गरेको छ ।
अस्पतालका अनुसार उनी केही समयदेखि मिर्गौला पीडित थिए । पछिल्लो समय स्वास्प्रस्वासमा पनि समस्या देखिएपछि असार १९ गतेबाट उनको केएमसी अस्पतालको आइसीयूमा उपचार भइरहेको थियो।
काठमाडौँमा ११२ जना संक्रमित, २९ निको
पछिल्लो समय देशभर कोरोना संक्रमित घट्दै गएका बेला संघीय राजधानी समेत रहेको काठमाडौँमा कारोनाको संक्रमण बढ्दै गएको छ। हालसम्म काठमाडौँमा ११२ जना कारोना संक्रमति भएका छन् । जसमध्ये २९ जना निको भएर घर फर्किसकेका छन् भने दुई जनाको ज्यान गएको छ ।
यस्तै, देशभर १६ हजार ६४९ जना कोरोना पोजेटिभ छन्। जसमध्ये ८ हजार ११ जना निको भएर घर फर्किसकेका छन् ।
Facebook Comment