दुर्घटना हुँदा ट्याक्सी चालकको मृत्यु
नुवाकोट। शनिवार दिउँसो नुवाकोटको विदुर नगरपालिका वडा नं ५ माझीटार ट्याक्सी दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
पासाङ ल्हामु राजमार्गमा बिदुरबाट गल्छीतर्फ गईरहेको बा २ ज ५२३३ नम्बर ट्याक्सी अनियन्त्रित भई रोडको बाँया साईडमा रहेको ड्रेनमा (पानी बग्ने नहर) फस्न गई दुर्घटना हुदाँ धादिङ धुनिबेसी नगरपालिका वडा नं ७ का ५२ वर्षिय नवराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही गाडीमा सवार नुवाकोट तादी गाउँपालिका वडा नं २ का ५१ वर्षी ज्ञानेन्द्र शिलवालको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment