प्रधानमन्त्रीले चाहेर पनि राजीनामा दिन मिल्दैन : प्रमुख सचेतक भट्टराई (भिडियाे)
काठमाडौं। नेकपा केन्द्रीय सदस्य एवं राष्ट्रियसभामा नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले प्रधानमन्त्री केपी ओलीले चाहेर पनि राजीनामा दिन नमिलने बताएका छन्।
गत संसदीय निर्वाचनमा नेकपाले पाँच वर्षसम्म सरकार संचालनको जनादेश मागेको र त्यही अनुसार जनताले नकपालाई पाँच वर्ष सरकार संचालनको जनादेश दिएका कारण अहिले प्रधानमन्त्रीले चाहेर पनि राजीनामा दिन नमिल्ने उनको तर्क छ। अहिले प्रधानमन्त्रीले राजीनामा दिँदा जनालाई धोका हुने उनको विश्लेषण थियो।
‘अहिलेको अवस्थामा प्रधानमन्त्रीको राजीनामा बेमैशमी बाजा हो,’ डिसी नेपालसँगको सम्वादमा भट्टराईले भने, ‘गत निर्वाचनमा बाम गठबन्धनले जनता समक्ष बामगठबन्धनलाई बहुमत दिए पाँच वर्षसम्म सरकार संचालन गरेर राजनीतिक स्थायित्व दिने वचन दिएका थियौं। जनताले हाम्रो प्रतिवद्धतालाई विश्वास गरेर बहुमत दिएका छन्। अहिले आएर जनतालाई धोका दिने काम उचित हुँदैन।’
उनले गत मंसिर ४ गते गत बैशाख २० गते भएको सहमति अनुसार पार्टी एकतावद्ध भएर अगाडि जानुको विकल्प नभएको उनको भनाइ छ।
भट्टराईसँग डिसी नेपालका लागि विजयप्रसाद मिश्रले गरेको भिडियो संवाद
Facebook Comment