अमेरिकामा कोरोनाको नयाँ रेकर्ड, एकैदिन ६६ हजारमा संक्रमण
काठमाडौं । अमेरिकामा एकैदिन ६६ हजार जनामा कारोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कीर्तिमानी रुपमा कोरोना संक्रमित देखिएका हुन्।
यसअघि ८ जुलाईमा एकैदिन ६० हजार जनामा कोरोना संक्रमण भेटिएको थियो । केही समय संक्रमितको संख्यामा कमि आएपनि अमेरिकामा पुनः कोरोना बढ्न थालेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म ३२ लाख ४८ हजार २२० जना संक्रमित पुगेका छन्।
प्रतिक्रिया
Facebook Comment