सकिएको छैन सलहको जोखिम
काठमाडौं। असाढ १३ मा पहिलो पटक नेपाल प्रवेश गरेको सलह एकहप्तामा निष्क्रिय भए पनि त्यसयता विभिन्न पटक सलहका थप झुण्डहरु नेपाल आइरहेका छन्। गएको आइताबर–सोमबार नेपाल प्रवेश गरेको सलहले प्रदेश नम्बर ५ को दाङ, रुकुम र प्यूठानमा मकै खेतीमा क्षति गरेको कृषि विकास मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिाइसड म्यानेजम्यान्ट सेन्टरले जनाएको छ।
यतिमात्र होइन सलहका थप झुण्ड नेपाल आउने जोखिम रहेको बताएको छ।
सेन्टरका प्रवक्ता रामकृष्ण सुबेदीले भारतको उत्तर प्रदेशको सिमावर्ती क्षेत्रमा रहेका सलहहरु वायुको प्रवाहसँगै मध्य तथा पश्चिम तराइका क्षेत्रहुँदै पश्चिम तर्फ लाग्ने पूर्वानुमान रहेको बताए। सो क्रममा मध्य तथा पश्चिम तराइका विभिन्न क्षेत्रमा प्रवेश गर्न सक्ने सम्भावना रहेको उनले बताए।
सेन्टरका अनुसार हाल सलह बाग्लुङ्ग, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा सक्रिय रहेको छ।
Facebook Comment