बाढीसँगैआएको लेदोले खेत पुरिदिएपछि…
नुवाकोट। नुवाकोटको तारकेश्वर गाउँपालिका १ डाडाखर्कमा बाढीसँगै आएको लेदोले ५ सय रोपनि खेतमा क्षति पुराएको छ। बुधवार रातिको वर्षातका कारण आएको बाढीका कारण कृषकले लगाएको धानमा क्षति पुगेको वडाध्यक्ष दयानिधि अधिकारीले बताए । खेतमा केहि दिन अगाडि मात्र रोपेको धानमा बाढीले क्षति गरेपछि कृषकहरु चिन्तित भएका छन्।
वडाध्यक्ष अधिकारीका अनुसार बाढीका कारण कुनै पनि किसिमको मानवीय र घरको क्षति नभएता पनि गोरेटो बाटो, सडक र खेतबारीमा भने क्षति पुगेको छ। बाढीका कारण कृषकले खेतबारीमा लगाएको धान, तरकारी लगाएतको खाद्य लीमा क्षति पुगेको छ।
प्रतिक्रिया
Facebook Comment