सगुन र प्रभु म्यानेजमेन्टबीच सहकार्य

काठमाडौं। नेपालीको पहिलो सोसल मिडिया एप Sagoon (सगुन)ले प्रभु म्यानेजमेन्ट सँग सहकार्य शुरु गरेको छ। कम्पनिका अनुसार सामाजिक सञ्जाललाई केवल मनोरञ्जनका लागि मात्रै भन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी गर्नका साथै अनेकौं दैनिक कार्यहरुलाई सजिलो बनाइदिने सुविधा पनि उपलब्ध गराउन उक्त साझेदारी गरीएको हो। अहिले प्रयोगकर्ताहरुले सगुनमार्फत एनसेल, स्मार्ट सेल, र एनटीसीको रिचार्ज कार्ड सित्तैमा प्रयोग गर्न सक्छन् भने दुई कम्पनिका अनुसार आगामी दिनमा Sagoon (सगुन) का प्रयोगकर्ताहरुले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सक्ने तथा पैसा पठाउने– पाउने, बैंकमा बुझाउने जस्ता प्रभु म्यानेजमेन्टका सेवा तथा सुविधाहरुहरुको लाभ पनि उठाउन सक्नेछन्।
यस बिषयमा Sagoon (सगुन) नेपालका Country Manager आनन्द बज्रचार्यले भने, ‘म प्रभु म्यानेजमेन्टमा बिजनेस डेभलपमेन्ट म्यानेजरको रुपमा २ वर्ष कार्यरत थिएँ र प्रभु म्यानेजमेन्टले नेपालीहरुलाई बर्षौं देखि दिइरहेको सेवासुविधा तथा ग्राहकहरु प्रति उनको प्रतिबद्धता बारे राम्रोसँग परिचित छु। त्यसैले यो साझेदारी गर्न पाउँदा एकदमै खुसि छु। यस सहकार्य मार्फत हाम्रो प्रयोगकर्ताहरुले अनेकौ सुविधाका साथै सामाजिक सञ्जाल प्रयोगमा नयाँपन र व्यापार–व्यवसायहरुले आफ्नो सेवा ठुलो संख्याका प्रयोगकर्ताका बिचमा पुर्याउन सजिलो हुने कुरामा विस्वस्त छु ।’
प्रभुले सगुनसँग सहकार्य गरि सोशल मिडिया क्षेत्रमा पनि नेपालीहरुलाई सेवा दिनेबारे प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामा भन्छिन्, ‘हामी सगुनसँग साझेदारी गर्न पाएकोमा खुसी छौं। सगुन एक नेपाली डाएस्पोराले स्थापना गरेको सोशल मिडिया एप भएकोमा हामीलाई गर्व छ र हामी प्रभु समूहको रूपमा सगुनको बृद्धिका लागि पूर्ण समर्थन दिनेछौं। यस ऐतिहासिक यात्राको लागि आनन्द र सगुन टीमलाई शुभकामना दिन चाहन्छु।’
सगुन अमेरिका, नेपाल र भारत ३ ओटै देशमा रजिस्टर भइ संचालनमा आइरहेको छ। हाल सम्म ५७ लाख प्रयोगकर्ताले सगुन चलाएका छन्। कम्पनीका अनुसार प्रभु म्यानेजमेन्ट संगको सहकार्यपछि सगुन नेपाल र भारतका प्रयोगकर्ताहरुले मात्र ४ करोड इस्मार्ट कोइन बराबरको शपिंग गरिसकेका छन्। जम्मा २ अर्ब सगुन इस्मार्ट कोइन वितरण भईसकेको छ।
सगुनले नेपाल, ईरान र उतर कोरिया बाहेक विश्वभरमा लगानीको नयाँ अवसर प्रदान गरेको छ। सगुनको सेयर खरिद गर्न इच्छुक ब्यक्तिले ब्यक्तिले https://www.sagoon.com/invest मा वा सगुन एपमा गएर लगानी गर्न आवेदन गर्न सक्नेछन् ।
Facebook Comment