घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ

डिसी नेपाल
१ साउन २०७७ २०:३९

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित आज पक्राउ परेका छन् । लेखा अधिकृत पोखरेललाई रु ६५ हजार घुस लिएको अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा आयोगले पोखरेलमाथि निगरानी गर्दै आएको थियो ।

उनलाई इटहरी –६ स्थित बिपी चोकस्थित समिप होेटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको आरोपमा पक्राउ गरिएको आयोग इटहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *