नेकपा विवादः दुबै समूहको आन्तरिक छलफल, भोलीको स्थायी कमिटी बैठक नरोकिने

डिसी नेपाल
१ साउन २०७७ २१:३०

काठमाडौ। सत्तारुढ दल नेकपामा देखिएको विवादका बीच सहमतिका लागि दुई अध्यक्षले पार्टीको स्थायी कमिटी बैठक रोकेर पाएको समयावधि बिहीबार सकियो। शुक्रबार बैठक बस्दै छ।

बिहीबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलमा निश्कर्ष ननिस्किएपछि दुबै समूहले आन्तरिक छलफल गरेका छन्। ओलीले आफ्ना निकटहरु बालुवाटारमा छलफ गरेका छन् भने प्रचण्ड–माधव समूहले प्रचण्ड निवास खुमलटारमा आफू निकटका नेताहरुसँग छलफल गरेका छन्।

गएको असाढ १८ गते यता सहमतिका लागि भन्दै स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार भने नरोकिने नेताहरुले बताइरहेका बेला बिहीबार साँझ दुबै समूहले गरेको आन्तरिक छलफल शुक्रबारको बैठकको रणनीति तयार पार्नका लागि भएको हो।

खुमलटार बैठकमा प्रचण्ड–माधव समूह पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने निश्कर्षमा पुगेको नेताहरुले बताएका छन्। जारी स्थायी कमिटी बैठकमा यो समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागे पनि ओली राजीनामा नदिने अडानमा रहेकाले प्रचण्ड–माधव समूह केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा पुगेको हो।

उता बिहीबार साँझ बालुवाटारमा भएको ओली समूहको छलफलमा भने शुक्रबारको स्थायी कमिटी बैठक कसरी अगाडि बढ्छ सोहीअनुसार अगाडि बढ्ने भन्ने निश्कर्ष निकालिएको नेताहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *