जोर बिजोर रोल नम्बरका आधारमा विद्यालय संचालन गरिने

डिसी नेपाल
२ साउन २०७७ १०:२४

नुवाकोट। नुवाकोटको म्यागङ गाउँपालिका–२ बुङताङस्थित सरस्वती माध्यमिक विद्यालयले जोर बिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई कक्षाकोठामा पढाउने भएको छ। विद्यालय व्‍यवस्थापन समिति, अविभावक र सरोकारवालाहरुको शुक्रबार बसेको संयुक्त बैठकले लामो समय लकडाउन हुँदा विद्यार्थीहरु मारमा परेको भन्दै यही साउन ४ गते आइतबारदेखि नियमित विद्यालय सञ्‍चालन गर्ने निर्णय गरेको हो ।

विद्यार्थीलाई अनिवार्य मास्क लगाएर पठाउन अविभावकलाई भनिएको र विद्यालयमा स्यानिटाइजरका साथै साबुन पानीको व्‍यवस्था गरिने निमिक्त प्रधानाध्यापक मिन वहादुर घलेले बताए। विद्यार्थीलाई १२ दिन कोरोना सम्बन्धि सचेतनामूलक विषयमा पढाइने भएको छ।

शिक्षक घलेका अनुसार गाउँपालिका भित्र रहेका ७ वटै मावि र अन्य २३ वटा विद्यालयले पठनपाठन सञ्‍चालन गर्ने तयारी गरेका छन्। गाउँपालिकामा रहेको देउराली माविले भोलिदेखि नै कक्षा सञ्‍चालन गर्ने तामाङले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *