१५ अन्तर्राष्ट्रिय उडान : फर्किए एक हजार २४९ नेपाली

डिसी नेपाल
२ साउन २०७७ २२:२४

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् ।

कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालका दुई नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन् ।

आज नेपाल एयरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ ।

त्यस्तै जजीरा एयरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौँ ल्याएको छ भने एयर अरेबियाले सारजहाबाट १६७ यात्रु नेपाल ल्याएको छ । कतार एयरवेजले दोहाबाट दुई नेपाली काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ । हिमालय एयरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

शनिबार पनि विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ । आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका नौ चार्टर्ड उडान भएका छन् । यती एयरलाइन्स, तारा एयर, समिट एयर, सीता एयर, सिम्रिक एयर, मनाङ एयर, श्री एयर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तब्यमा चार्टर्ड उडान गरेका हुन् ।
–––




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *