किनकि सपना अझै जीवितै छ
साझा सपना थियो
एकदिन चन्द्र छुने,
खुशी उनी चन्द्र छुदै
गद्गद् म उसलाई हेर्दै ।
दूरी रहीरह्यो आकाश धर्तीबीच
उनी झर्न चाहिनन्,
म उड्न सकिन
उनी चुलिदै गईन्
म भासिदै
उनी रम्दै गईन
नयाँ संसार उनको
म पिल्सिदै
अब त केवल याद बाँकी
कुनै दिन आई अंगाल्छन् कि
भन्ने आश बाँकी ।
साथ टुटे
सहारा छुटे
हराए दिशा
दुब्नै लागे
तर निरन्तर कायमै
संकल्प मेरो
किनकि सपना मेरो
अझै जीवितै छ ।
सू न पा ४, भक्तपुर
प्रतिक्रिया
Facebook Comment