मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु

डिसी नेपाल
३ साउन २०७७ २०:०२

हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । आज अपराह्न मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैसेको खोप्लाङ भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–१ का २५ वर्षीय युवा दिपेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज भैसे पुगेर हेटौँडा फर्कने क्रममा मृतक पाण्डे सवार ना६२प ९७१५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *