संकटका बेला पीडितको सहारा बन्दै युवा संजाल

डिसी नेपाल
४ साउन २०७७ ८:४४

काठमाडौं। लकडाउनका क्रममा समस्यामा परेका नागरिकको लागि आपतलालीन प्रतिक्रिया केन्द्र सहारा बन्न पुगेको छ । भाइरसको प्रकोप र लकडाउनका कारण सृजना भएको समस्यामा आपतकालीन प्रतिक्रिया केन्द्र नागरिकको सहारा बन्न पुगेको हो ।

आपतकालीन केन्द्र लकडाउनको समयमा देखिएका विभिन्न समस्याका बारेमा जानकारी दिने र समाधान खोज्ने युवाहरुको साझा मञ्च हो । नेपालमा कोरोना संक्रमणको सुरुवातसँगै सुरु गरिएको केन्द्रले अहिले आफ्नो संजाल देशभर विस्तार गर्दै गएको छ ।

महामारीको सुरुवातमा सीमित युवा मार्फत थालनी गरिएको केन्द्र अहिले देशका ७७ वटै जिल्लामा सक्रिय छ । यस बिषयमा थप जानकारी दिँदै केन्द्रका प्रमुख संयोजक अरुण खड्काले यो समूह युवाको साझा अभियान भएको बताए । युरोपमा कोरोना संक्रमण फैलिने बित्तिकै नेपालमा पनि आउन सक्ने बुझेर यसको गठन गरिएको उनले बताए । अहिले सोचेभन्दा राम्रोसँग काम गर्न सकिएको उनको भनाइ छ ।

आपतकालीन समयमा समाजमा युवाको ठूलो भुमिका रहन्छ भन्ने बिषयलाई आपतकालीन केन्द्रले प्रमाणित गरेको संयोजक खड्का बताउँछन् ।’ आपतकालीन समयमा युवाले के गर्न सक्छन् ? समाजमा कस्तो भूमिका हुन्छ ? भन्ने कुरा प्रमाणित भएको उनले बताए । केन्द्रमा अहिले दस हजार युवाहरु रहेको र त्यसमा पनि लगभग एकहजार भन्दा बढी युवाहरु निरन्तर सक्रिय रहेको उनले बताए ।

महामारी सुरु भएसँगै विभिन्न व्यक्ति तथा संस्थाले समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् र आपतकालीन समूहले पीडित र सहयोगीबीच पुलको रुपमा काम गरिरहेको छ । इआरसी केन्द्र अहिले टोल–टोलमा विस्तार भएको छ । टोलबाट सक्रियता देखाउने केही व्यक्ति पालिकासम्म आइपुगेका छन् । ‘पालिकाबाट जिल्ला, प्रदेश, केन्द्र हुँदै देशैभरका युवा समूह जोडिएका छन्’ संयोजक खड्का थप्छन् ‘युवाको यो सक्रियताले धेरै प्रभावकारी काम गरेको छ ।

‘सामाजिक काममा रहर हुँदाहुदै पनि विभिन्न कारण प्लेटफर्म नपाएका युवाहरुलाई इआरसी राम्रो प्लेटफर्म भएको महसुस गर्छिन् आपतकालीन समूहबाट मध्य प्रदेश हेर्दै गरेकी शर्मिला रिजाल । ‘मेरो रहर सानैबाट सामाजिक कार्य गर्ने थियो तर उचित वातावरण मिलेको थिएन’ उनले भनिन् ‘महामारीसँगै आपतकालीन समूह भेटेपछि भने सोचेभन्दा राम्रो काम गर्न सकेकी हु भन्ने लागेको छ ।’ सामाजिक कार्य गर्नको लागि आथिृक स्थिति बलियो हुनुपर्छ भन्ने सोच आपतकालीन समूह प्रवेश गरिसकेपछि हटेको युवा बताउँछन् ।

नुवाकोटका ठाकुर नेपाल भन्छन् ‘इआरसीले सामाजिक कार्यमा आफैंलाई पनि प्रयोग गर्न सकिन्छ भन्ने सिकाएको छ । बिरामीको औषधि, खाद्यान्न लगायत समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको समूहलाई कतिपयले कमाउने बाटो सम्झिने गरेकोप्रति समूहका युवा दुखेसो पोख्छन् । ‘ अस्पतालमा बिरामी रगत नपाएर, औषधि नपाएर तड्पिरहेको, गरिब परिवार खाना नपाएर भोकभोकै छ भने त्यहाँ सहयोग गर्दा कसरी कमाइ होला ?’ उनीहरु भन्छन् ।

केन्द्रको सम्पर्क बढ्दै जाँदा समस्याको समाधान पनि छिटो हुन थालेको युवाहरुको अनुभव छ । केन्द्रबाट प्रदेश नम्बर ३ हेरिरहेका इटहरीका उज्वल गुरागाई भन्छन् ‘हामी स्थानीय तहसँग जोडिँदै गयौं, नेटवर्क बढ्दै गयो त्यसैले पनि सहज भएको छ ।’ महामारीमा सरकारको मात्रै मुख ताक्नु मुर्खता हुने भन्दै सुरु गरिएको अभियानले अहिले सरकारी तहलाई पनि सघाउँदै आएको छ ।

विदेशबाट आएकालाई क्वारेन्टाइनको व्यवस्था, जनचेतना, बालबालिकाको पढाइ, पीडितलाई राहत, गर्भवती महिलालाई आवश्यक सहयोग, औषधि तथा बिरामी ओसारपसार जस्ता प्रमुख कार्यमा संलग्न इआरसीका सदस्यहरुले समाजबारे बुझ्ने अवसर पाएको बताउँछन् । सुदुरपश्चिममा सक्रिय खेमराज मुड्भरी भन्छन् ‘यो चुनौती सँग लड्न हामिले गरेको सहयोगले देशलाई नै योगदान पुगेको देख्दा खुसी लागेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *