घरमै कोरोना टेस्ट, २० मिनेटमै रिपोर्ट !

डिसी नेपाल
४ साउन २०७७ १२:२८

काठमाडौं। कोरोनाभाइरस भ्याक्स्नि विकासमा सुरुवाती २ चरण पार गरिसकेको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हात पारेको छ । अक्सफोर्ड विश्वविद्यालयले बेलायतका प्रमुख फार्मा कम्पनीसँग मिलेर ‘गेम चेन्जिङ’ एन्टिबडी टेस्ट किट तयार गरेको छ । यो टेस्ट किटले प्रमुख ट्रायलमा सफलता हात पारेको छ । यो टेस्ट किटबाट निकै कम समयमा ठूलो संख्यामा संक्रमणको परीक्षण गर्न सकिनेछ ।

यो टेस्ट किटबाट परीक्षण गर्नको लागि प्रयोगशालाको आवश्यकता पर्ने छैन । ब्रिटिश टेलिग्राफको रिपोर्ट अनुसार अक्सफोर्डले विकसित गरेको यो एन्टिबडी टेस्ट किट एबीसी १० लेटेरल फ्लो टेस्टलाई बेलायत सरकारको समर्थन प्राप्त छ । अब बेलायत सरकारले यो टेस्ट किट ठूलो संख्यामा उत्पादन गरेर गर्भ परीक्षण टेस्ट किटजस्तै वितरण गर्ने योजना बनाइरहेको छ ।

यो नयाँ टेस्ट किटबाट मानिसहरु घरमै टेस्ट गर्न सक्नेछन् । ट्रायलको क्रममा यो टेस्ट किटले ९८.६ प्रतिशत सही नतिजा दिने पाइएको छ । यसको ट्रायल करिब ३ सय जनामा गरिएको थियो । यो टेस्ट किटबाट केवल २० मिनेटमै कहिल्यै कोरोना संक्रमण भएको वा नभएको थाहा हुन्छ । यसअघि बेलायतमा भइरहेका एन्टिबडी टेस्ट किटमा रगतको नमुना प्रयोगशालामा पठाउनुपर्ने थियो ।

अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर सर जोन बेलका अनुसार यो र्यापिड डेस्ट निकै प्रभावकारी देखिएको छ । अर्कोतर्फ यसको परीक्षणभन्दा पहिल्यै यो प्रभावकारी हुने विश्वासका साथ लाखौंको संख्यामा यसको उत्पादन समेत गरिसकिएको छ । अब केही दिनमै यो टेस्ट किटले औपचारिक अनुमति पाएर बजारमा आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *