वित्तीय सेवा प्रदायक र सेवाग्राहीमैत्री मौद्रिक नीति

डिसी नेपाल
४ साउन २०७७ १३:३७

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको छ। सबै क्षेत्रलाई समेटेर आएको हुनाले बैंकिङ क्षेत्र उत्साहित देखिएको छ। सबैले राहत महशुस गरेका छन्। कसैबाट पनि मौद्रिक नीति आलोचना भएन। सबै क्षेत्रलाई समेटेर मौद्रिक नीति ल्याउने राष्ट्र बैंकका गभर्नरको ठूलो उपलब्धी हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लामो समय नेपाल राष्ट्र बैंकको कर्मचारी भएर, नेपाल राष्ट्र बैंकमा काम गरेर, त्यहीँ निर्देशक, कार्यकारी निर्देशक र डेपुटी गर्भनरसम्म भएर निवृत्त हुनु भएको हो।

कतिपयले उहाँलाई कडा स्वभावको र नकारात्मक पक्षबाट बढी प्रस्तुत हुने, अध्ययन गर्ने, हेर्ने र जो सुकैलाई पनि कारवाही गर्नुपर्छ भन्ने मानसिकता राख्ने व्यक्तिका रुपमा बुझ्ने गरेका छन्। विशेष गरी यस्तो बुझाई आम बैंक उपभोक्ता र बैंकर्सको थियो। तर यो मौद्रिक नीतिपछि उहाँले आफूप्रतिको धारणामा परिवर्तन ल्याउनु भएको छ।

उहाँप्रतिको विगतको दृष्टिकोण जस्तो थियो, विगतमा जे जसरी मान्छेले हेरेका थिए र बुझेका थिए, त्यसलाई उहाँले सर्लक्कै परिवर्तन गराउनु भयो। उहाँलाई आम मान्छे, आम बैंक उपभोक्ता, बैंकर्स अथवा व्यापार व्यवसाय, बैंकको कर्जामा व्यापार व्यवसाय गर्ने सबैले उहाँलाई अत्यन्त सकारात्मक र अत्यन्त सहयोगीको रुपमा बुझेका छन्। व्यापार व्यवसाय मैत्री, बैंकर्सले स्नेह पाउन सक्ने, अभिभावक मान्न सक्ने व्यक्तित्वको रुपमा यो मौद्रिक नीतिले उहाँलाई चिनाएको छ।

उहाँले आफूलाई सामान्य भन्दा सामान्य, नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकिङ क्षेत्र, व्यापार व्यवसाय, उद्योग जो बैंकको कर्जाबाट व्यवसाय सञ्चालन गर्ने चलाउने र बैंक उपभोग गर्ने हुन् यी सबैले आज आएको मौद्रिक नीतिबाट जुन किसिमको सुविधा राहत सहयोग महशुस गरे र जुन किसिमले सबै क्षेत्रलाई समेटेर सहयोग पुर्याउने उद्देश्य गभर्नरबाट प्रस्तुत मौद्रिक नीतिबाट पाउन सफल भए त्यसले उहाँप्रतिको आम सरोकारवालाको सकारात्मक धारणा देखियो । सर्वत्र मौद्रिक नीतिको स्वागत गरियो। सबै खुसी छन् सबै खुसी भए।

बैंक र व्यवसायी अर्थात बैंकको कर्जा उपभोक्ता र बैंक एक अर्काका सहयोगी पूरक साझेदारको अवधारणामा व्यवसाय गर्ने व्यवसायी भनेर बुझनु पर्छ। अन्यत्र विकसित मुलुकहरु, युरोपतिर विशेष गरेर जर्मनमा बैंक र उपभोक्ता साझेदारको रुपमा अगाडि बढेका हुन्छन्। त्यही अवधारणा र त्यही धारणामा बैंकलाई र व्यवसायीलाई अगाडि बढाउन राष्ट्र बैंकको भूमिका आवश्यक पर्छ र राष्ट्र बैंकले त्यही भूमिका निर्वाह गर्नु पर्छ।

अर्को पक्ष के पनि हो भने, बैंक र व्यवसायी अर्थात बैंकको कर्जा उपभोक्ता र बैंक एक अर्काका सहयोगी पूरक साझेदारको अवधारणामा व्यवसाय गर्ने व्यवसायी भनेर बुझनु पर्छ। अन्यत्र विकसित मुलुकहरु, युरोपतिर विशेष गरेर जर्मनमा बैंक र उपभोक्ता साझेदारको रुपमा अगाडि बढेका हुन्छन्। त्यही अवधारणा र त्यही धारणामा बैंकलाई र व्यवसायीलाई अगाडि बढाउन राष्ट्र बैंकको भूमिका आवश्यक पर्छ र राष्ट्र बैंकले त्यही भूमिका निर्वाह गर्नु पर्छ। त्यो भूमिका निर्वाह हुने लक्षण अहिलेको मौद्रिक नीतिले दिएको छ।

मौद्रिक नीतिमा अर्को एउटा पक्षपनि समेटनु पथ्र्यो भन्ने मलाइ लाग्छ। त्यो के हो भने २०४६ सालदेखि नेपाल बैंकर्स एसोसियसन अन्र्तगतको कर्जा सूचना केन्द्रले कर्जाको सूचना राख्ने अर्थात कर्जा सूचना बैंकको काम गर्ने र कर्जा नतिर्ने ऋणीहरु, डिफल्टरहरुलाई डिफल्टर डिक्लेयर गर्ने अथवा डिफल्टरको रोष्टमा डिफल्टर सूचिकृत गर्ने र डिफल्टरलाई कालो सूचिमा राख्ने कार्य भएका छन्।

त्यसलाई ६० सालपछि आएर राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्च स्तरीय समिति गठन भइ त्यसका विषयमा अध्ययन हुँदा नियतवश कर्जा नतिर्ने र भूलवश कर्जा नतिर्ने अर्थात नियतवश कर्जा खाने मास्ने भाग्ने उद्देश्य राखेका व्यवसायी र नियतवश नभइ भूलवश अथवा परिस्थितिवश कुनै किसिमको दैवीप्रकोप पर्यो, आगलागी भयो, पहिरो गयो, भूकम्पले क्षति पुग्यो, दुर्घटना भयो अथावा कुनैपनि किसिमले परिस्थितिवश ऋण, किस्ता, तिर्न, बुझाउन नसक्नेहरुका हकमा एउटा नेपाल राष्ट्र बैंकले एउटा उच्चस्तरीय कमिसन गठन गरेर ४६ साल देखि ७० सालसम्मका कर्जा सूचना केन्द्रमा डिफल्टर र कालो सूचिमा परेका व्यवसायीहरुको सम्बन्धमा र त्यस्ता डिफल्टर ऋणीका विषयमा अध्ययन गराउन र प्रतिवेदन लिन त्यो प्रतिवेदनलाई सामाजिक न्यायका दृष्टिले नेपाल राष्ट्र बैंकले दुधको दुध पानीको पानी छुट्याएर न्याय दिने र कुनै पनि व्यवसायी, ऋणीका परिवारहरु हामी कालो सूचिमा छौं भनेर छोरा नाति र पनातिहरुले त्यस्तो कलंक बोक्नु पर्ने अवस्थाबाट मुक्त राख्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले वर्तमान गभर्नरले त्यता तिरपनि सोचिदिनु हुन्छ भन्ने आम सरोकार वालाको चाहना देखिन्छ।

यति सकारात्मक र यति व्यवसायी बैंकर्स मैत्री नेपाल राष्ट्र बैंकको नेतृत्व विगतमा थियो वा थिएन यो खोजीको विषय हुन सक्छ। अहिले नै राष्ट्र बैंक नेतृत्वको प्रशशां अलि छिटो मानिएला तर यो मौद्रिक नीतिले राष्ट्र बैंकको हालको नेतृत्वलाई व्यवसायीको पक्षपाती देखाएको छ।

गभर्नरका अगाडिका चुनौतीहरु उहाँले सहजै सामना गर्न सक्ने देखियो। आम बैंकर्सहरु आज खुसी छन्। आम उपभोक्ताहरु खुसी छन्। र, कसैलाई पनि जवजस्ती नगररेर बाध्यतामा नपारेर स्वेच्छाले मर्जरका कुराहरु आउनु सकारात्मक हो।

लेखक : जगदीश दाहाल

जहाँसम्म व्याजदरका कुरामा लघुवित्त बैंकर्सहरुले उठाएका सवाल हुन् अथवा बैंकको सिनियर म्यानेजमेन्ट सिइओको पारिश्रमिकका सवाल हुन् र बैंकमा बोर्डमा रहेका सञ्चालक अध्यक्षहरुका भत्ताका सवाल हुन्। यसमा सम्बोधन गदैै गर्दा कसैको पनि असन्तुष्टि नभएर यसमा पनि सबैको सकारात्मक प्रतिक्रिया र खुसी देखिएको छ।

तर, एउटा अर्को पक्ष के पनि हो भने नेपाल राष्ट बैंकले जारी गरेको मौद्रिक नीति गभर्नरले पढ्दै गर्दा, सुनाउँदै गर्दा र बजारमा प्रशंशा हुँदै गर्दा एउटा कर्नरबाट के पनि विचार बजारमा आइरहेको छ भने, मौद्रिक नीति नीति हो।

तर यसका आधारमा गरिने व्यवहार केन्द्रीय बैंकले, रेगुलेटरले आफ्ना नियमन गर्नु पर्ने वित्तीय संस्थाहरु नियमन सुपरभिजन गर्नु पर्ने र तिनका सम्बन्धमा र आम व्यवसायी सरोकारवालाका सम्बन्धमा अब यो मौद्रिक नीति र अन्य पोलिसीका अनुसार राष्ट्र बैंकले जारी गर्ने निर्देशनहरु, सर्कुलरहरुले कसरी समस्यालाई सम्बोधन गर्नेछन् वा समस्याको निराकरण दिन्छन् अथवा कसरी नियमन सुपरभिजन हुन्छ र नीति अनुसार जारी हुने राष्ट्र बैकका परिपत्रहरु निर्देशनहरु कसरी लागू हुन्छन् भन्ने कुराले पनि अर्थ राख्ने कुरा उठेको छ।

यी कानून हुन् कानून सरह लाइसेन्सिङ कम्पनी, बैंक, वित्तिय संस्थाले पालना गर्नु पर्छ। तर तिनले यो नीतिको आशय अनुसार सरल र सजिलो पारेर आए र सबैले जायज उपयुक्त मान्न सक्ने किसिमले सर्कुलर आयो भने र नियमित भयो भने पक्कै पनि मौद्रिक नीतिको कार्यान्वयन पक्षमा पनि सबै खुसी हुन सक्ने अवस्था आउला अन्यथा नीति राम्रो व्यवाहार खराब भयो भने अथवा नीति अनुसार सर्कुलर हुने निर्देशनहरु अफ्ठयारा, असहजता निम्त्याउने किसिमका भए, त्यसलाई अन्यथा मान्नु पर्ने उपभोक्ताले भयो भने राम्रो नीतिको अर्थ रहदैन। यो एउटा कोणबाट पर्ख र हेरको अवस्थामै छ।

भोलिका दिनमा नीति अनुसारको निर्देशनहरु के आउँछ। त्यो हेर्न बाकीँ नै छ भन्ने सवाल उठेको छ। तर, जहाँसम्म मलाइ लाग्छ वर्तमान गभर्नरको जुन किसिमको सकारात्मक सोचको परिणामको रुपमा केन्द्रीय बैंकको बार्षिक मौद्रिक नीति जारी भएको छ त्यसले नै देखाइसक्यो कि वर्तमान गभर्नर धेरै सकारात्मक हुनुहुन्छ। र, मुलुकका आम बैंक उपभोक्ता, बैंकर्स र व्यवसायीले महसुस गर्न पर्ने छैन र सहज महसुस गरेर र एउटा वास्तविक अभिभावक प्राप्त गरेको कुरा महसुस गरेर अगाडि बढ्न पाउने छन् भन्ने मेरो पनि बुझाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *