८ जिल्ला कोरोनामुक्त
काठमाडौं । नेपालमा ८ जिल्ला कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा. डा. जागेश्वर गौतमले ८ जिल्ला संक्रमण मुक्त भएको जानकारी दिएका हुन्।
संक्रमित मुक्त हुने जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन्। यी जिल्लामा अहिले एक जना पनि सक्रिय सङ्क्रमित रहेका छैनन् ।
यस्तै ३ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको पनि मन्त्रालयले जनाएको छ। रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment