ओलीसँग छलफल गर्न बालावुटार पुगे प्रचण्ड

डिसी नेपाल
४ साउन २०७७ १७:१७

काठमाडौं। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपामा देखिएको विवादका विषयमा प्रधानमन्त्री निवासमा छलफल भएको छ। अध्यक्ष प्रचण्ड आइतबार चार बजेपछि बालुवाटार पुगेको स्रोतले बतायो।

नेकपामा प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपामा विवाद भइरहेको छ। तर, यहीबीचमा दुई अध्यक्षबीच सहमति भएको बताइएको थियो। तर, प्रचण्डले कुनै सहमति नभएको बताएपछि नेकपा भित्रको विवादले कुन मोड लिन्छ यसै भन्न नसकिने स्थिति उत्पन्न भएको छ।

शनिबार बसेको पार्टी सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गरेका थिए भने, प्रचण्डले त्यसलाई समर्थन गरेका थिए। सचिवालय बैठकमा दुई अध्यक्षको एउटै स्वर सुनिएपछि दुई अध्यक्षबीच सहमति भएको दावी गरिएको थियो।

उता माधव नेपालले प्रचण्डले आफूहरुलाई धोका दिएको बताएका थिए। यसपछि शनिबार राती नै प्रचण्डको सचिवालयबाट कुनै सहमति नभएको भन्दै स्पष्टिकरण दिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *