बाढीपहिरोका घाइतेलाई खाँदबारी अस्पतालले निःशुल्क उपचार गर्ने

डिसी नेपाल
४ साउन २०७७ १७:५२

खाँदबारी । जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिरोका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै घाइते तथा बिरामीको उपचार निःशुल्क गर्ने जानकारी गराएको हो ।

अस्पतालले सामाजिक दायित्व पूरा गर्दै निःशुल्क उपचार गर्ने निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुन्दरश्याम झाले बताए। यसअघिदेखि नै लक्षित वर्गको उपचार निःशुल्क हुँदै आएको समेत डा. झाले जानकारी दिए।

घाइतेको उपचारका लागि प्रदेश सरकारबाट प्रतिव्यक्ति रु पाँच हजार अस्पताललाई प्राप्त हुने व्यवस्था रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए। बिरामी उपचार भई डिस्चार्ज भएर घर जाँदासमेत यातायात खर्च रु एक हजार दिने व्यवस्था रहेको अध्यक्ष शाक्यले बताए। उक्त रकम प्रदेश सरकारले नदिए पनि अस्पताल आफैँले उक्त सेवा दिनेसमेत अध्यक्ष शाक्यले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *