सिद्धार्थ राजमार्ग अन्तर्गत गौडेपुल नजिकै खसेको पहिरो हटाइयो

डिसी नेपाल
४ साउन २०७७ १८:१३

पाल्पा । सिद्धार्थ राजमार्ग स्थित तानसेन नगरपालिका गौडेपुल नजिकै खसेको पहिरो हटेको छ। शुक्रबार राति खसेको पहिरो निरन्तरको प्रयासपछि आइतबार दिउसो ५ बजे हटाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

निरन्तर परेको पानीको कारण र पहिरो हटाउन नसक्दा सिद्धार्थ राजमार्ग दुइदिनदेखि अवरुद्ध बनेको थियो । माथिबाट खसेको पहिरोले राजमार्गको बेसलाइन नै बगाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *