प्रधानमन्त्री ओलीकाे समर्थनमा मुगुमा प्रदर्शन

मुगु। कर्णाली प्रदेशको मुगुमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर कार्यकर्ताहरुले आइतबार प्रर्दशन गरेका छन्।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य नेताहरुले विभिन्न बखेडा निकालेर काम गर्न असज पारेको भन्दै ओली पक्षधर नेता कार्यकर्ताहरुले मुगु जिल्ला सदरमुकाम गमगढीमा विरोध प्रर्दशन गरेका हुन्।
विरोध ¥यालीमा सहभागी ओली पक्षधर कार्यकर्ताहरुले पार्टी फुटाउन पाइदैन, हामी तिमो्र साथमा छौ, के.पी ओली जस्ता नारा लगाएका थिए।
विरोध ¥यालीमा नेकपा जिल्ला स्तरका नेताहरु सुन्तला रोकाया, डम्बर बहादुर रावल, परेगराज सहित ३ दर्जन नेता कार्यकर्ताहरु सहभागी भएका भए पनि माधव नेपाल, प्रचण्ड र झलनाथ पक्षका कोही पनि नेता कार्यकर्ताहरु उपस्थित देखिएका थिएनन्।
प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि उनका समर्थकहरुले विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्।
Facebook Comment