शंकर पोखरेलको प्रश्न : महाधिवेशनबाट पन्छिन खोज्नु उचित हो?
काठमाडौं। सत्तारुढ दल नेकपाभित्र एकता महाधिवेशनको वहश चर्किरहेका बेला स्थायी कमिटी सदस्य एवं पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले महाधिवेशनका विरोध गर्ने नेताहरुप्रति असन्तुष्टी जनाएका छन्।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए, जसलाई अर्का अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सचिवालय सदस्यले समर्थन गरेपछि माधव नेपाल पक्षधर असन्तुष्ट बनेका थिए।
पाँच नम्बर प्रदेशका मुख्यमन्त्री पोखरेलले सोमबार विहान सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टी एकता गर्दा दुई वर्षमै एकता महाविधेशन गर्छौं भन्ने नेताहरु ३ वर्षभित्र महाधिवशन गरौं भन्दा सकिँदैन भनेर पन्छिन खोज्नु उचित भएको बताएका छन्।
‘पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेशन गर्छौं भन्ने ताहरु ३ वर्षभित्रै महाधिवेशन गरौं भन्दा सकिँदैन भनेर पन्छिन खोज्नु उचित हो र?’, पोखरेलले लेखेका छन्।
पोखरेल प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन्। प्रधानमन्त्री ओलीले पार्टी आफूलाई अप्ठेरो पर्दा पोखरेललाई बुटवलबाट काठमाडौं बोलाउँछन्। हाल पोखरेल काठमाडौंमै छन्।
नेकपाभित्र प्रधानमन्त्री ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेपछि विवाद बढेको छ। ओलीको प्रस्तावलाई सुरुमा समर्थन गरेका अर्का अध्यक्ष दाहाल माधव नेपाल पक्षको दवाब धान्न नसकेपछि आफूले उक्त प्रस्तावमा समर्थन नगरेको अभिव्यक्ति दिएका छन्।
Facebook Comment