संविधानविद् डा. आचार्यका दुई पुस्तक सार्वजनिक
काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यद्धारा लिखित दुई पुस्तक सार्वजनिक भएको छ। आचार्यले आइतबार सामााजिक सञ्जालमार्फत आफ्ना दुई पुस्तक सार्वजनिक गरेका हुन्। कोरोनाभाइरसको कारण औपचारिक समारोह आयोजना गर्न नसकोले उनले सामाजिक सञ्जालबाटै पूस्तक सार्वजनिक गरेका बताएका छन्।
पैरवी प्रकाशनद्धारा प्रकाशित The Concept of Judicial Review र Constitution and Constitutionalism पुस्तकमा नेपालको संवैधानिक इतिहास, न्यायपालिका र यसको विगत, एक दशकदेखि हालसम्म प्रधानन्यायलय/सर्वोच्च अदालतले गरेका महत्वपूर्ण फैसलाहरूको समिक्षा, संविधान निर्माण प्रक्रिया, मौलिक अधिकार, संवैधानिक सिद्धान्तहरू प्रेस स्वतन्त्रता, विधिको शासन, न्यायकि पुनरोवलकन आदि विषयहरुबारे विस्तृत चर्चा गरिएको डा. आचार्यले जनाएका छन् ।
लेखक आचार्यले नेपालका संविधानहरू, अदालती प्रणाली, नेपाली कानूनी प्रणाली, राज्य संरचना, शासन पद्धति आदिका बारेमा जानकारी राख्न चाहने स्वदेशी तथा विदेशी जो कोहीका लागि पनि आज लोकार्पण गरिएका पुस्तकहरु उपयोगी हुने अपेक्षा राखेका छन् । आचार्यले २०५५ सालदेखिको पुस्तक लेखन यात्रामा पछिल्लो पटक २०७१ सालमा कानुन र राजनीति नामक पुस्तक प्रकाशन गरेको थिए । आचार्यद्धारा लिखित दुई दर्जनजति पुस्तक बजारमा आईसकेका छन् । उनले पैरवी प्रकाशन र यसका संस्थापक पदम शिवाकोटीलाई विशेष धन्यवादसमेत ज्ञापन गरेका छन् ।
https://www.facebook.com/bhimarjun.acharya/posts/10221113657144233
Facebook Comment