कर्मचारीको एक गल्तीले बने रातारात करोडपति

काठमाडौं । अमेरिकाका एक व्यक्ति कर्मचारीको गल्तीले रातारात करोडपति बनेका छन्। घटना गत मंगलबारको हो, मिशिगनका ती व्यक्तिले एक ग्यास स्टेशनबाट लक्की ड्रको टिकट किनेका थिए। तर कर्मचारीले सानो गल्ती गरेका कारण ती व्यक्ति करोडपति बने।
मिशिगन लट्री कनेक्टमा प्रकाशित समाचारका अनुसार ती व्यक्तिले आफ्नो परिचय भने दिएका छैनन् । उनले श्रीमतीको ट्रकमा हावा भर्नको लागि पैसा साट्टा उक्त टिकट किनेको बताएका छन्। उनले भने,‘मेरी श्रीमतीको ट्रकको टायरमा हावा भर्नका लागि मलाई खुद्रा पैसा चाहिएको थियो। पैसा साट्ने हिसाबले मैले १० डलर पर्ने लक्की सेभेनको टिकट किनेँ । तर टिकट बेच्ने कर्मचारीले मलाई गल्तीपूर्वक २० डलर पर्ने टिकट दिए ।’
‘ती कर्मचारीले टिकट सादिदिने बताएका थिए तर कसैले टिकट नसाट्न र आफैंसँग राख्न सुझाव दिए । मलाई खुसी लागेको छ कि मैले उनको सल्लाह मानेँ ।’ उनले भने।
चिट्ठाको परिणाम गत हप्ता मंगलबार घोषणा गरिएको थियाे । जसमा यी व्यक्तिले दुई मिलियन डलर अर्थात् २४ करोडको नगद जिते । जितेको पैसाले के गर्न चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म एउटा घर किन्छु र बाँकी रकम भविष्यका लागि जोगाएर राख्छु ।’
Facebook Comment