नुवाकोटको विदुर नपामा डुबान

डिसी नेपाल
५ साउन २०७७ २१:१९

नुवाकोट। नुवाकोटमा आइतबारदेखि निरन्तर रुपमा भइरहेको वर्षातका कारण त्रिशुली नदिमा पानीको बहाव बढेको छ। बहाव बढेसंगै नुवाकोटको विदुर नगरपालिका वडा नं ५ देविघाटमा रहेको जाल्पादेवी मन्दिर क्षेत्र डुबानमा परेको छ। त्रिशुली नदिमा बढेको बहावका कारण धान खेती जोखिममा परेको छ।

त्रिशुली र तादी नदिको संगम स्थलमा रहेको जाल्पादेवी मन्दिर डुबानमा परेसंगै देविघाट बजारका स्थानियमा समेत त्रास बढेको छ। दुवैतर्फ नदि र बिचमा मानव बस्ती भएकाले वर्षात बढेसंगै बस्तीतर्फ बाढी आउन सक्ने जोखिम बढेको छ ।

जिल्ला प्रशासन कार्यालयले भने नदि क्षेत्रमा रहेकाहरुलाई सुरक्षित र सजक हुन अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *