साउन ८ गतेदेखि सार्वजनिक यातायात संचालन गर्ने यातायात व्यवसायीको घोषणा

डिसी नेपाल
६ साउन २०७७ १६:२८

काठमाडौं। सरकारले आफूहरुसँग सल्लाह नगरी सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका यातयात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातयात संचालन गर्ने घोषणा गरेका छन्।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ र यातायात मजदुर ट्रेड युनियनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि सार्वनिक यातायात संचालन गर्ने घोषणा गरेका हुन्।

सरकाले गत असार २६ मै उपत्यकामा र जिल्लाभित्र यातायातका साधन जोरविजोरका आधारमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवसायीले विभिन्न माग राख्दै गागी चलाउन अटेर गरेका थिए। अहिले यातायात व्यवसायीको माग केही हदसम्म सम्बोधन भएपनि उनीहरु गाडी चलाउन तयार भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *