कलंकीमा पहिरो
काठमाडौं। काठमाडौको कलंकिमा पहिरो गएको छ । सोमबार कलंकीको मुख्य चोक रुद्र बजारसँग जोडिएको स्थानमा पहिरो गएको हो । करिब १२ बजेतिर खसेको पहिरोले कुनै क्षति गरेको भने गरेको छैन । कलंकिका केही बजार विद्यालय जोखिममा परेका छ्न्। उक्त पहिरोको कारण स्थानीयमा त्रास बढेको छ ।
काठमाडौंको मुख्य चोक कलंकिमा गएको पहिरोले सवारी साधन आवतजावतमा समेत असर गरेको छ । आवतजावत नरोकिए पनि पैदल यात्रीदेखि सवारी साधन जोखिम मोलेर आवतजावत गरिरहेका छ्न्। त्यस्तै उपत्यकाका अन्य ठाउँमा पनि साना ठुला पहिरो गएका छन्।
प्रतिक्रिया
Facebook Comment