बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

डिसी नेपाल
६ साउन २०७७ १९:४०

भक्तपुर । बहुविवाह मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-९ तौलाछें बस्ने २७ वर्षीय सबिन प्रजापतिलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरको २०७६ जेठ २ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष ५ महिना १० दिन कैद र १५ हजार रुपैयाँ जरिवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रजापतिलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले केन्द्रीय कारागारजगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *