कोरोना अपडेट : बुधबार १ सय थपिए, २ सय ७ निको भए

डिसी नेपाल
७ साउन २०७७ १६:२९

काठमाडौं। बुधबार कोरोनाका थप १ सय जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका  पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको बताएका छन्।

उनका अनुसार १ महिना पहिले कोरोना संक्रमित हुनेको दर ८ देखि १० प्रतिशत थियो भने बुधबार घटेर २ देखि ३ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ७९मा गरिएको पिसीआर परीक्षणबाट जम्मा १ सय जना कोरोना संक्रमित भेटिएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा २ सय ७ जना डिस्चार्ज भएर घर फर्किएको उनले जानकारी दिए। यो सँगै कोरोना संक्रमण मुक्त हुनेको जम्मा संख्या १२ हजार ६ सय ८४ रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ३ सय ६८ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *