उत्तरी नेपालमा ६.६ म्याग्नेच्युडको भूकम्पको धक्का !

डिसी नेपाल
८ साउन २०७७ ९:०९

काठमाडौं। बिहीबार बिहान ६.६ म्याग्नेच्युडको भूकम्पले तिब्बत र नेपालको उत्तरी षेत्र हल्लाएको छ । बिहीबार बिहान स्थानीय समयअनुसार ४ बजेर ७ मिनेट जाँदा (नेपाली समयअनुसार १ बजेर ५२ मिनेट) तिब्बतको न्यीमा काउन्टी केन्द्रविन्दू भएर ६.६ म्याग्नेच्युडको भूकम्प गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ

चीनको भूकम्प संजाल केन्द्रलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार भूकम्पको केन्द्रविन्दू ३३.१९ डिग्री उत्तरी आक्षंश र ८६.८१ डिग्री पूर्वी देशान्तरमा रेकर्ड गरिएको थियो । १० किलोमिटर गहिराइमा केन्द्रविन्दू रहेको भूकम्प शक्तिशाली थियो र यसले उत्तरी नेपालमा समेत धक्का दिएको थियो । भूकम्पको केन्द्रविन्दू काठमाडौंबाट ३८० माइलको दूरीमा पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *