तीन वर्षमा परिचयपत्र वितरण गरिने

डिसी नेपाल
९ साउन २०७७ ७:०४

मोरङ । जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको छ। जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रसासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुुभारम्भ गरेका थिए।

प्रदेश नं १ का प्रमुुख सचिव दिनेश भट्टराईले सरकारले प्रदान गर्ने सेवालाई सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुुने बताए। परिचयपत्रका लागि १६ वर्ष उमेर पुुगेका सबै नेपाली नागरिकलाई वितरण गरिने लक्ष्यअनुुसार दर्ता शुुरु गरिएको मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले जानकारी दिए।

आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गरिने लक्ष्य सरकारको रहेको छ। यसअघि २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनबाट ७७ जिल्लामा शुुरु भएको जानकारी गराइयो । चालू आर्थिक वर्षमा मुलुकभरि एक करोड नागरिकलाई परिचयपत्र वितरण गरिने छ । आगामी दिनमा स्थानीय तहको समन्वयमा वडास्तरमै परिचयपत्र दर्ता कार्य गरिने भएको छ।

परिचयपत्र अहिलेसम्म दुई लाख २५ हजार नेपाली नागरिकले पाइसकेका छन् । कार्यक्रममा महानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुुख, उपप्रमुुखसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *