स्थायी कमिटीमा प्रधानमन्त्रीकाे राजीनामाकाे विषय समाप्त भइसक्याे : थापा
काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य मणि थापाले स्थायी जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय समाप्त भएको दाबी गरेका छन्।
उनले दुई अध्यक्षबीच सरकारको नेतृत्व पाँच वर्षसम्म केपी ओली नै गर्ने र पार्टीको कार्यकारी भूमिका प्रचण्डले गर्ने विगतमा सहमति भइसकेको उल्लेख गर्दै सोही सहमतिका आधारमा सरकार र पार्टी संचालन गर्नुपर्ने बताएका छन्।
‘प्रधानमन्त्रीले प्रधानमन्त्रीको हैसियतमा सरकारको नेतृत्व गरिरहनु भएको छ भने कार्यकारीको हैसियतमा कमरेड प्रचण्डले पनि भूमिका निर्वाह गर्नुपर्यो,’ स्थायी कमिटी सदस्य थापाले डिसी नेपालसँग भने, ‘कि उहाँले (प्रचण्ड) ले भूमिका निर्वाह गर्न सकिने भनेर भन्नुपर्यो। यी त निर्णय भएका विषय नै हुन्।’
पार्टीले अध्यक्षद्ववलाई दिएको जिम्मेवारी कति निर्वाह गर्यौं भन्ने विषय ओली र प्रचण्डले बुझ्नु पर्ने उनको भनाइ थियो। ‘सल्लाह कोसँग लिने हो लिनुपर्यो, तर अध्यक्षले ग्रपिज्म गर्ने, समिकरण बनाउन कोशिश गर्ने र दुई तिर बसेर दुई अध्यक्षले फायर खोलेपछि हामीहरु एउटा अध्यक्षतर्फ लाग्ने अवस्था नबनोस् भन्ने हाम्रो चाहनो हो,’ उनले भने।
अहिले दुई अध्यक्षबीचको एकता अपरिहार्य भएको उल्लेख गर्दै एकता महाधिवेशनसम्म जहाज रुपी पार्टीलाई ल्याण्डिङ गर्नु पर्ने बताए। नेपालका दलहरुले आफ्नो घर झगडा मिलाउन नसकेको उल्लेख गर्दै भने, ‘कांग्रेसले पनि आफ्नो घर झगडा मिलाउन सकेको छैन, नेकपाले पनि आफ्नो घर झगडा मिलाउन सकेको छैन। राजनीतिक पार्टीको निर्माण र त्यसमा आउने आन्तरिक अन्तर विरोध र आन्तरिक जनवादलाई नै व्यवस्थित गर्न नसकेको अवस्थामा समाजवादको कुरा गर्दा मान्छेहरुलाई आश्चर्य लागेको छ।’
स्थायी कमिटी सदस्य थापासँग डिसी नेपालका लागि विजयप्रसाद मिश्रले गरेकोको भिडियो संवाद
Facebook Comment