नुवाकोटमा वर्षाले घर भत्किँदा १ को मृत्यु, पहिरोले ५ घर पुरियो

डिसी नेपाल
९ साउन २०७७ १४:३१

नुवाकोट। बेलकोगटगढी नगरपालिकामा अविरल वर्षाको कारण घर भत्किदा एक जनाको मृत्यु भएको छ । पहिरोले पाँच घर समेत पुरेको छ । बेलकोटगढी नपा–८ हर्रेमा ढुंगामाटोले बनेको कच्ची घर गए राती अविरल वर्षाको कारण भत्किदा च्यापिएर ६८ वर्षिय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुँयालले जानकारी दिए ।

यस्तै बेलकोटगढी नपा वडा नं. ५ दुईपिपल डबली नजिकै पहिरोले पाँच घर पुरेको छ । शुक्रबार बिहान आएको पहिरोले पाँघ घर पुरिएको हो । स्थानीयवासीहरुका अनुसार २ वटा भैसी र २० वटा भन्दा बढी बाख्रासमेत पहिरोले पुरेको छ । स्थानीय नारायण नेपालका अनुसार पहिरोको कारण बस्तमा रहेका ४० घर भन्दा बढी जोखिममा परेक छन् । स्थानीयलाई सुरक्षित स्थानमा सारिन थालिएको छ । अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *