सशस्त्र प्रहरीको गण कमाण्ड नयाँ टोली , कमाण्ड नगर्ने तीन जना कमाण्डर फिर्ता

डिसी नेपाल
११ साउन २०७७ ११:५३

काठमाडौं। सशस्त्र प्रहरीको इतिहासमै पहिलो पटक गण कमाण्ड नयाँ टोलीको हातमा पुगेको छ। हालै सरुवा भएका ४२ मध्ये ३८ वटा गण सशस्त्र प्रहरी निरीक्षकबाट प्रवेश गरेका सि.सं. २ अर्थात् दोश्रो व्याचका सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरुको जिम्मामा पुगेको हो।

४२ जना गणपति मध्ये चार जना बाहेक ३८ जना सशस्त्र प्रहरीको दोश्रो व्याचका भर्ना हुन् भने एक जना सि.सं. १ अर्थात् पहिलो व्याचबाट छन् भने अन्य तीन जना समेत पहिलो पटक गण कमाण्ड गर्ने अधिकृतहरु हुन्। यसबाट सशस्त्र प्रहरीले फिल्ड कमाण्ड थप मजवुद चुस्त दुरुस्त हुने अपेक्षा गरेको छ।

यसका साथै सशस्त्र प्रहरीको हालैको सरुवा सन्तुलित समेत देखिएको छ। डिआईजी सरुवामा प्राय सबै भर्खर डिआईजी भएका र पहिलो पटक कमाण्ड पाएकाहरु छन् भने कमाण्डबाट कमाण्डमा कसैलाई पनि पठाइएको छैन।

जम्मा आठ वटा बाहिनीका बाहिनीपतिमा यस अघि कमाण्ड गरेका दुइ जना डिआईजी मन्दीप श्रेष्ठ र प्रविन कुमार श्रेष्ठ मात्र हुन् भने अन्य ६ जनाकै पहिलो कमाण्डबाट पठाइएको छ। श्रेष्ठद्वय पनि गत वर्ष नै मुख्यालय सरुवा भएका थिए। उनीहरुको एक वर्ष पछि मात्र बाहिनी सरुवा भएको हो।

यसका साथै संगठनको आन्तरिक शुद्धिकरणमा क्रममा कमाण्ड कमजोर भएका तीन जना कमाण्डर फिर्ता गरेको छ। ‘देश र जनताको लागि फिल्डमा उच्च अनुशासनका साथ निष्पक्ष र उत्कृष्ट कार्य गर्नुहोस होइन भने एक वर्षका लागि कमाण्ड पाए भनेर नसोच्नुस् विचमा नै तानिन सक्नु हुन्छ’ गत वर्ष कमाण्डमा जानु अघि गणपतिहरुलाई महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिने समयमा बोलेका थिए।

त्यसक्रममा कमाण्ड कमजोर मानिएका तीन जनालाई फिार्त गरिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ। सानासाना गल्ती समेत नगर्न दिइएको निर्देशनको उचित पालना नभए पछि एक वर्ष अवधि नपुग्दै तीन जना गणपतिहरु विचमा नै कमाण्डबाट अलग भएका छन्।

यस विचमा नं.१० गण¸ सर्लाहीबाट सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ¸ नं.२७ गण¸ रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक बसन्त कुमार वोगटी र नं. ३३ गण¸ जुम्लाबाट सशस्त्र प्रहरी उपरीक्षक सरद न्यौपानेलाई कार्यकाल पुरा नहुँदै कमाण्डबाट फिर्ता गरिएको छ।

श्रेष्ठ र वोगटीलाई सीमामा सन्तोष जनक काम नगरेपछि र न्यौपानेलाई राशन सम्बन्धी उजुरी परेपछि कारबाही स्वरुप फिर्ता गरिएको थियो। यसका साथै एक वर्षको बीचमा पाँच सय बढी सशस्त्र प्रहरी कर्मचारी सजायको भागिदार भएको पनि मुख्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *