पहिरामा परी बेपत्ताको शव फेला

डिसी नेपाल
११ साउन २०७७ १२:१९

बलेवा । शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरामा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।

बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरामा परी बेपत्ता भएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिए । सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरामा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *