प्रलोभनमा मापारी ठगी गर्ने २ जना युवति पक्राउ

डिसी नेपाल
११ साउन २०७७ १४:४१

काठमाडौं। बिहेगरी अमेरिका लैजाने प्रलोभनमा पारी युवालाई ठगि गर्ने २ जना युवतिहरु पक्राउ परेका छन्।

बिभिन्न व्यक्तिहरुलाई आफै फ्लो गरी विहेगरेपछि अमेरिका लैजाने भन्दै ठगी गर्ने युवतिहरु पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ।

अपराध महाशाखा टेकुले दिएको जानकारी अनुसार बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं। २ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका रोज भिलेज कोलोनीमा बस्ने बर्ष २७ कि कोपिला शर्मा र बर्ष १९ की अमिसा के।सीले छ लाख ६० हजार ठगी गरेको खुलेके छ।

उनीहरू ठगी गरे पश्चात रुपन्देही जिल्लाको बुटवल एरियामा लुकिछिपी बसेको र बुटवलबाट नै पक्राउ गरि ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत ठिमिमा पठाईएको प्रहरीले जनाएके छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *