रञ्जन कोइरालाको मुद्दा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति

डिसी नेपाल
११ साउन २०७७ १४:५०

काठमाडौं। सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ।

न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको इजलासको फैसला पुनरावलोकन गर्न अनुमति दिने आदेश दिएको हो।

प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । फैसलबमोजिम कोइराला गत साउन ८ गते रिहा भइसकेका छन्।

सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले साउन ८ गते सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *