प्रहरी मुख्यालयमा चार प्रहरीलाई कोरोना संक्रमण, सवारी शाखा सिलबन्दी

डिसी नेपाल
११ साउन २०७७ १७:१६

काठमाडों । प्रहरी प्रधान कार्यालयस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएकाले उनीहरुलाई प्रहरी अस्पताल मार्फत टेकु पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले भने, ‘चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको छ ।’ त्यसमा पनि केहीमा संक्रमण पुष्टि भएको खबर आएको भएपनि यसलाई गोप्य राखेर उनीहरुको परिवारमा स्वाव संकलन भैरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अहिले प्रहरी प्रधानकार्यालयको सवारी शाखालाई सिलबन्दी गरी अन्यत्र सारिएको छ । अहिले प्रहरी प्रधानकार्यालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ भने सवारी शाखाका अन्य प्रहरीको स्वाब संकलन गरी परिक्षणको लागि पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *