आगामी तीनदिन भारी वर्षा हुने पूर्वानुमान

डिसी नेपाल
११ साउन २०७७ १९:३८

काठमाडौं । मनसुन न्यून चापीय रेखा सक्रिय हुने भएकाले आगामी तीनदिन भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीनदिन प्रदेश १ र २ मा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। भारी वर्षा हुने भएकाले यी दुई प्रदेशमा बाढीको जोखिम बढेको भन्दै विभागले सचेत रहनसमेत सुझाव दिएको छ।

विभागले बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिममा पनि भारी वर्षाको पूर्वानुमान गरेको छ। साउन १३ सम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा बाढी आउन सक्ने बताएको छ। विभागको यो चेतावनीसँगै फेरि जनधनको क्षति हुने जोखिम बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *