विद्यार्थी नेता बस्यालद्वारा जन्मदिनमा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

डिसी नेपाल
११ साउन २०७७ २०:१८

पाल्पा । सामाजिक व्यक्तित्व तथा नेपाल विद्यार्थी संघका नेता श्रीधर बस्यालले आफ्नो जन्मदिनका अवसरमा गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्।

पाल्पा जिल्ला बगानासकाली गाउँपालिका वडा नं. ७ निवासी बस्यालले श्री दैलातुङ आधारभुत विद्यालयमा अध्ययन गर्ने गरिव तथा बिपन्न वर्गका बोटे समुदायका विद्यार्थीहरूलाई उक्त समुदायमै पुगेर शैक्षिक सामाग्री वितरण गरेको जनाएका छन्।

नेविसंघ नेता बस्याल र उनका साथी हिमाल बस्यालले २० जना विद्यार्थीलाई कापी, डटपेन, पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरेको जानकारी दिएका छन्। उनी नेपाल स्वयंसेवक संघ युवा संगठन पाल्पाका अध्यक्ष पनि हुन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *