श्रीराम सुगर मिल्स बन्द

डिसी नेपाल
१२ साउन २०७७ १६:४४

काठमाडौं । दुई दशकको इतिहास बोकेको रौतहट जिल्लाको पहिलो सुगर मिल श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द भएको छ । कम्पनीको घाटा बढ्दै गएर हालसम्म कूल २ अर्ब १७ करोड नोक्सानी भएपछि बन्द गरिएको कम्पनीले जनाएको छ । कम्पनीले सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाएर आईतबारदेखि बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

सरकारले लकडाउन घोषणा गरेसँगै गत चैत ११ गतेदेखि कम्पनी बन्द रहेको छ । कम्पनीले गत चार महिनादेखि कर्मचारीको तलव भत्ता र संचयकोष समते भुक्तानी गर्न सकेको छैन । यसैगरी उखु किसानहरुलाई समेत रकम भुक्तानी गर्न बाँकी रहेको छ । अब नियामक निकायको अनुमति प्राप्त रहेको चल अचल सम्पत्ति विक्रि गरेर भएपनि सेयरधनी र कर्मचारी र किसानहरुको बक्यौता भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

नेप्सेमा कम्पनीको ३० लाख ४५ हजार ९ सय ९० कित्ता शेयर सूचीकृत रहेको छ । कम्पनीको चुक्तापुँजी ३० करोड ४५ लाख ९९ हजार छ । स्टक एक्सचेन्जमा कम्पनीको अन्तिम शेयर मुल्य प्रतिकित्ता ३२२ रुपैयाँ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *